शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पत्रकार शर्मालाई रुद्रबहादुर स्मृति पुरस्कार

पत्रकार शर्मालाई रुद्रबहादुर स्मृति पुरस्कार


  • ढोरपाटन सम्वाददाता
  • माघ १५ २०७७, बिहिबार

पोखरा, १५ माघ– स्वतन्त्रता सेनानी अग्रज पत्रकार माधव शर्मा स्वर्गीय रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । नेपाल पत्रकार महासंघ गण्डकीको बुधबार सम्पन्न पूर्ण बैठकले शर्मालाई पुरस्कार दिने निर्णय गरेको हो । स्वर्गीय रुद्रबहादुर भट्टराई तथा पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित र नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिद्वारा सञ्चालित पुरस्कार प्रदान गर्नकालागि सल्लाहकार रवीन्द्रनाथ बास्तोलाको संयोजकत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा, पुरस्कारका संस्थापक तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल र महासचिव श्री गणेश पौडेल सदस्य रहेको छनौट समितिबाट आएको सिफारिस अनुसार शर्मालाई सो पुरस्कार प्रदान गरिएको हो । पहिलो पटक प्रदान गर्न लागिएको यस पुरस्कारको राशी ५१ हजार १५१ रुपैयाँ रहेको छ । यता, नेपाल पत्रकार महासंघ गण्डकीले आउँदो फागुन १ गते साधारणसभा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->