पोखरा, १५ माघ– क्यानडा पठाइदिन्छु भन्दै ३३ जनालाई ठगी गर्ने धिरजकुमार विश्वकर्मालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
आफु विगत लामो समय देखी विदेश बसेको र युरोप, क्यानडा, अमेरीका लगाएतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने भर–बिश्वास दिलाई कास्की, स्याङग्जा, तनहुँ, म्याग्दी लगाएतका जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि ठगी गर्ने ३८ वर्षीय विश्वकर्मालाई प्रहरीले पोखराको रामबजारबाट पक्राउ गरेको हो ।
पर्वत मोदी गाउँपालिका ७ घर भई पोखरा ३० शिसुवा बस्दै आएका बिश्वकर्माको साथबाट ९० लाख ७१ हजार ५ सय रुपैँया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । उनी विरुद्ध ठगी सम्बन्धी कसूर अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाएको हमालले जानकारी दिए ।





