शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

लागुऔषध सहित दुई पक्राउ

लागुऔषध सहित दुई पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७७, शुक्रबार

पोखरा, १६ माघ–पोखरा महानगपालिका ३० गगनगौडाबाट लागु औषध सहित दुई जना पक्राउ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ घरभई पोखरा १७ छोरेपाटन बस्दै आएका २९ वर्षीय दिपक थापा र पोखरा २१ स्थायी बासस्थान छोरेपाटन बस्दै आएका २७ वर्षीय सन्तोष सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
लेखनाथको गगनगौडा स्थित इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा तनहुँ देखी पोखरा तर्फ आउदै गरेको ग १७ प ५५८४ नम्बरको स्कुटरमा एक सय ११ थान लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रवक्ता हमालले बताए । उनीहरु सवार स्कुटरबाट प्रतिबन्धित औषधी डाईजापाम ३७ थान, फेनरागन ३७ थान र सोहि मात्रामा नर्फिन गरी १ सय ११ थान । मोवाईल २ थान र ९ हजार ३ सय १० रुपैँया समेत बरामद गरिएको छ । उनीरु विरुद्ध लागुऔषध सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढेको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->