मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सुत्केरी ब्यथाले चापेकी म्याग्दीकी मिनुको हेलिकप्टरबाट उद्धार

सुत्केरी ब्यथाले चापेकी म्याग्दीकी मिनुको हेलिकप्टरबाट उद्धार


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०७७, आइतबार

पोखरा, १८ माघ – सुत्केरी ब्यथाले चापेकी म्याग्दीकी मिनु छन्त्यालको आईतवार हेलिकप्टरबाट उद्धार गरिएको छ । छन्त्याललाई धौलागिरी गाउँपालिका-४ नेरबाङबाट आईतवार विहान हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याइएको हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उनलाई हेलिकप्टर मार्फत उद्धार गरी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा लिएको सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकीय सचिव प्रकाश पौडेलले जानकारी दिए । अस्पतालमा आईपुगेपछि छन्त्यालले छोरी जन्माएकी छिन् । अहिले सुत्केरी र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->