बागलुङ, २० माघ– भूमिसम्बन्धी समस्या समाधान आयोगले देशभरका ७७ वटै जिल्लामा पदाधिकारी चयन गरेको छ । नेपाल राजपत्रमा सूचना प्रकाशन गरी १ जना अध्यक्ष, १ जना विज्ञ र १ जना सदस्य गरी प्रत्येक जिल्लामा ३ जनालाई भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला पदाधिकारीमा चयन गरेको हो ।
नेपाल राजपत्र खण्ड (७०) संख्या ४०, नेपाल राजपत्र भाग ५ मा १९ माघमा जारी सूचनाअनुसार १५ माघको निर्णयबाट भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला पदाधिकारी चयन भएको सरकारले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमार्फत भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ को दफा १८ को उपदफा (१) बमोजिम जिल्ला समितिको सोही उपदफाको खण्ड (क) बमोजिमको अध्यक्ष र खण्ड (ख) बमोजिमको सदस्यलाई मनोनयन गरिएको सरकारले जनाएको छ । भूमी सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको टुंगो लाग्दा गण्डकी प्रदेशमा चर्चामै रहेका नामहरु आयोगको पदाधिकारीमा सूचिकृत भएका छन् । आयोगको तनहुँ अध्यक्ष दधिराज सुवेदी भएका छन् ।
सुवेदी नेकपाका नेता हुन् । विज्ञमा दीर्घबहादुर दरै र सदस्यमा शान्ति कुवँरलाई मनोनयन गरिएको छ । बागलुङको अध्यक्षमा कृष्ण पाठक चयन भएका छन् । बिज्ञको रुपमा रुद्रप्रसाद पौडेल र सदस्यमा दिवस खत्रीलाई मानोनित गरिएको छ । मनाङमा अध्यक्ष मन बहादुर गुरुङ, बिज्ञ नन्दा गुरुङ र सदस्य ममता गुरुङ, स्याङ्जामा अध्यक्ष उदय श्रेष्ठ, बिज्ञ तारा कुमार बिश्वकर्म र भगवति शर्मा, म्याग्दीमा अध्यक्ष खुम बहादुर बानिया, बिज्ञ दिवा कुमारी तिलिजा र सदस्य पुस्कर बिक, मुस्ताङमा अध्यक्ष रमेश कुमार भट्टचन, बिज्ञ छेवाङ रिन्जिङ गुरुङ र सदस्य बिशाल बिक, पर्वतमा अध्यक्ष देवेन्द्रराज पाण्डे, बिज्ञ बिन्दु अधिकारी र सदस्य जिवलाल बसेल, गोरखामा अध्यक्ष सुरेन्द्र बहादुर थापा, बिराज गुरुङ र सदस्य कमला दानी क्षेत्री मनोनित भएका छन् ।
त्यस्तै लमजुङमा अध्यक्ष मोहन हरी पौडेल, बिज्ञ सुवास पौडेल र सदस्य लोक कुमारी अधिकारी, नवलपुरमा अध्यक्ष कृष्ण प्रसाद घिमिरे, बिज्ञ रामकृष्ण ढुंगाना र सदस्य जोगमायाँ महतो तथा कास्कीमा अध्यक्ष दामोदर पौडेल बैरागी, बिज्ञ सुशिला पौडेल र सदस्य दान बहादुर बानिया मनोनित भएका छन् ।





