शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सिमसार दिवसमा मुख्यमन्त्री गुरुङको मन दुख्यो

सिमसार दिवसमा मुख्यमन्त्री गुरुङको मन दुख्यो


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७७, बुधबार

पोखरा, २१ माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सिमसार दिवसमा गाउँका महिलाहरुको दुःख सम्झेर मन दुखाएका छन् । उनले गाउँका महिलाहरुले खानेपानीको लागि भोग्नुपरेको दुःख सम्झेर चिन्ता व्यक्त गरेका हुन् । वातावरण दिवसको अवसरमा दिएको सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, ‘अहिले पनि मलाई चिन्ता लाग्छ, एक जना महिलालाई पहाडमा एक गाग्री पानी लिन ५ घण्टा लगाएर ५ किमी टाढा जानुपर्छ भने त्यस्तो महिला दिदीबहिनीलाई कसरी पानीको सेवा दिने होला भनेर ।’ उनले महिलाको यही अवस्था देखेरे गण्डकी प्रदेश सरकारले सबैको घरमा धारा पु¥याउने अभियान सुरु गरेको पनि जनाएका छन् ।
‘गण्डकी प्रदेश सरकारले दुई वर्षभित्र सबै प्रदेशवासीका घरदैलोमा न्युनतम एउटा खानेपानीको धारा पु¥याउने लक्ष्यका साथ काम गरिरहेको छ’, उनको सन्देशमा भनिएको छ, ‘तर यहाँ सम्झनु पर्ने तथ्य के छ भने, पानीको स्रोत नै भएन भने धारा मात्र लगेर के गर्ने ? जबकि पानीका स्रोतहरु धमाधम सुक्दैछन् ।’ उनले गएको बर्खामा बाढीपहिरोबाट यो प्रदेशका १२७ जनाले ज्यान गुमाएकोमा दुःख व्यक्त
गर्दै त्यो घटना सम्झेर आफू अहिले पनि भावुक हुने जिकिर गरेका छन् । यता, पोखरामा पनि विश्व सीमसार दिवस मनाइएको छ ।
पोखरामा गण्डकी प्रदेशको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रलाय र डब्लुडब्लुएफले सिमसार दिवस मनाएका हुन् । फेवातालको किनारमा मनाइएको सिमसार दिवसको उद्घाटन चाहिँ गमलामा रहेको विरुवामा पानी हालेर गरियो । उद्घाटनपछि बोल्दै गण्डकीका वातावरणमन्त्री विकास लम्सालले सिमसारले मानव सभ्यता र संस्कृतिको जगेर्ना गर्ने बताए । उनले फेवातालसहित सिमसार संरक्षणमा प्रदेश सरकार लागिपरेको जिकिर पनि गरे । यता, विश्व सिमसार दिवस (फेब्रुअरी २) को अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराले मंगलबार साइकल ¥याली आयोजना गरेको छ । कार्यालयले फेवातालदेखि गुँदेतालसम्म साइकल ¥याली गरेको हो ।
¥यालीमा साइकल सिटी पोखराको सक्रिय सहभागिता थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का कर्मचारी, स्थानीय, विभिन्न साइकल यात्री ¥यालीमा सहभागी थिए । विश्व सिमसार दिवसको यस वर्षको नारा ‘पानी र सिमसार ः जीवनको अभिन्न आधार’ रहेको सम्पर्क कार्यालय प्रमुख अमृत शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->