शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

तालचोक देखि बेगनास सम्म नमुना सडक बन्ने

तालचोक देखि बेगनास सम्म नमुना सडक बन्ने


  • ढोरपाटन सम्वाददाता
  • माघ २१ २०७७, बुधबार

पोखरा २१ माघ – पोखरा महानगरपालिका लेखनाथमा महानगरकै नमुना सडक बन्ने भएको छ । १ अर्ब ६० करोड ५० लाखको लागतमा पोखराको लेखनाथस्थित तालचोक देखि बेगनासताल सम्मको सडक विस्तार हुने भएको छ । प्रति किलोमिटर लागतको आधारमा यो सडक सबैभन्दा महँगो हुनेछ ।
विश्व बैँकको आर्थिक सहयोगमा बन्न लागेको उक्त सडकको डिपिआर समेत तयार भैसकेको पोखरामा बुधबार आयोजित कार्यशालामा जानकारी गराइएको हो । ३.२८ किलोमिटरको उक्त सडक चार लेनको हुनेछ । सडक दाँयाबायाँ साइकल ट्र्याक, पैदल मार्ग, व्यवस्थित नाला, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने प्रोजेक्ट इन्जिनियर नवराज बोहोराले जानकारी दिए । सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले वर्षौँदेखिको सपना पूरा हुन लागको भन्दै उक्त सडक महानगरको नमुना र गौरवको सडक बन्ने बताए । लामो समयको प्रयास पछि विश्व बैकको सहयोगमा पोखरामा पहिलो काम हुन लागेको भन्दै मेयर जिसीले कुनैपनि हालतमा समयमै काम पूरा गर्नुपर्ने चुनौती रहेको बताए । निकै महँगो मुल्यमा बन्न लागेको उक्त सडक निर्माणपछि बेगनास ताल क्षेत्रको पर्यटकीय सम्भावना समेत बढेर जाने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->