पोखरा,२२ माघ–पोखरा १५ टुटुङ्गा स्थित पोखरा वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट हराएका चितुवा, चित्तल र जनावरको अखेटोपहार बनपाले जंगल घाटमा फेला परेको छ । माघ ९ गते शुक्रवार राती हराएको जनावरको अखेटोपहार नजिकैको जंगलमा प्रहरीले फेला पारेको हो । रातको समयमा प्रयोगशालाको ताला फोडीएको र जनावरको अखेटोपहार नरहेको अवस्थामा देखिएको थियो । हराएपश्चा खोजी कार्य जारी रहेपनि हराएको ११ दिनपछि फेला परेको हो । प्रयोगशाला देखि करिब ४ सय मिटरकै आसपासमा लुकाइराखेको अवस्थामा वडा प्रहरी कार्यालय रामवजारबाट खटिएको टोलीले फेला पारेको हो । भिड्ने कालो झोला,प्लाष्टिक र जुटको बोरामा राखिएको अवस्थामा चितुवाको छाला ४ थान, चितुवाको केहि दाँत तथा हाडका साथै चित्तलको सिङ २ थान र अन्य हाड अखेटोपहार समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।





