पोखरा, २६ माघ– सबैभन्दा बढि जन गुनासो आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । मानिसको लागि अत्यावस्य मध्यको सवारी साधन पनि एक हो । यातायात विभाग सम्बन्धि बारम्बार विभिन्न किसिमका कुराहरु आउने गर्दछन् । यतिमात्र होइन यातायात कार्यलयलाई सद्यैँ अनियमितता हुने आरोपमात्र लाग्छ । केहि समय अघि भौतिक पुर्वाधार तथा यातायात सवारी चालक अनुमतीपत्र कार्यालय गण्डकीमा अनलाईबाट फर्म भरेका केहि युवाहरुले राजस्व तिरी फोटो खिचाउन आउँदा विभागलनै दिएको आधिकारीक फर्मको दर्ता नम्बर नै हराएको थियो । विभागले मोबाइलमा समेत मेसेज पठाएपनि डाकिएको मितिमा कार्यालय पुग्दा उनीहरुको दर्ता नम्बर नै भेटिएको थिएन् । प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाहरुले यातायात विभागले अनियमितता गरेको हुन सक्ने आशंका गरेका थिए । यस्तै घटना घटेको केहि दिन हुन नपाउँदै पोखरामा ड्राइभिङ स्कुलको नाममा ठगि धन्दा गर्दै आएका खगेन्द्र प्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जा घरभइ पोखरा १४ चाउथेमा मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका सञ्चालक काफ्लेले स्कुलबाटै सवारी चालक अनुमतिपत्र निकालिदिने भन्दै विभिन्न व्यक्तिलाई ठगि गरेको पाइएको छ । उनले ट्रायल तथा टेष्टमा समेत फेल भएमा सजिलै लाइसेन्स निकालिदिने नाममा ठगि गर्दै आएरहेका छन् । उनको साथबाट विभिन्न कागजपत्र, लाइसेन्स ३ थान, नमुना प्रश्नपत्र र ८९ हजार ६ सय २० रुपैयाँ समेत बरामद गरिएको छ ।
‘ उनले खाना बोलाउने अनि डिलिङ गराउने रहेछन् । हामिले उनलाई त्यसरी नै पक्राउ गरेका हौँ’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवम् प्रवक्ता सुवास हमालले भने‘यातायात कार्यालयको कर्मचारीसँग चिनजान छ, ट्रायल तथा टेष्टमा समेत फेल भएमा सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै रकम लिने गर्दा रहेछन् । हामिलाई पहिले रकम लिने गरेको ठाडो उजुरी परेको थियो ।’ उजुरीको आधारमा उनलाई डिलगर्दै गर्दा पक्राउ गरेको हमालले जानकारी दिए । उनको साथमा बरामद गरिएको लाइसेन्स पनि सक्कल या नक्कल भन्ने यकिन भइसकेको छैन् । लाइसेन्स सक्कल या नक्कल भनि यातायात विभागमा पत्राचार गरेको उनले जानकारी दिए ।





