शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

आरोहीहरुलाई अभिनन्दन र सम्मान

आरोहीहरुलाई अभिनन्दन र सम्मान


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७७, मंगलबार

पोखरा, २७ माघ– पाकिस्तानमा रहेको केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीलाई सोमबार पोखरामा सम्मान गरिएको छ । पोखरा पर्यटन परिषद्ले म्याग्दीका निर्मल पुर्जासहित मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पासहित अर्को आरोधण दलमा रहेका मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पालाई सम्मान गरिएको हो । म्याग्दीका निर्मल पुर्जाले विश्वका सबैभन्दा अग्ला १४ हिमाल चढेर किर्तिमानी कायम गरेका छन् । परिषमा नयाँ कीर्तिमान पनि राखेका छन् । ८ हजार ६११ मिटर अग्लो केटुमा हालसम्म हिउँदमा कसैले पनि आरोहण गर्न सकेको थिएन । आरोहीहरुलाई सम्मान गर्नुअघि बाजागाजासहित पोखराको परिक्रममा पनि गराइएको थियो । विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड परिक्रमा गराउँदा आरोहीहरुलाई नागरिकहरुले भव्य स्वागत गरेका थिए । निर्मल पुर्जाको टोलीले केटु हिमालको शीरमा पुग्नुअघि नेपालको राष्ट्रियगीत घन्काएको थियो । निर्मलले आफ्नै देशमा भएका हिमालमा अर्कैले विभिन्न रेकर्ड बनाएको सम्झँदै विश्वमाझ नेपालीलाई चिनाउन हिउँदमा के टु आरोहण गरेको बताए । उनले व्यक्तिगत खर्चमा देशको नाम राख्ने अभियानमा लागेको बताउँदै भने,‘हामी घरमा हिरो थियौ, तर विदेशमा थिएनौ । विदेशीले चढेको भए १४ वटै रेकर्ड विदेशीको नाममा रहन्थ्यो, अनि हामीले गर्व गर्ने ठाउँ हुने थिएन । त्यही रेकर्ड कायम गर्न चाहेका थियौँ ।’ उनले माइनस ६५ डिग्रीको चिसोमा कष्ट सहेरै देशको नाम राख्न सकेकोमा खुसी व्यक्त गरे । विश्वभरका पर्वतारोहीले के–टु हिमाललाई किलर हिमालको रुपमा चिन्छन् । यो हिमालमा अहिलेसम्म जम्मा ३ सय ६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यान समेत गुमाइसकेका छन् । निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहणको विश्व किर्तिमान बनाएर अन्तरराष्ट्रिय स्तरमै ठूलो चर्चा कमाएका थिए । गत वर्षको बैशाख १० गते आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देलीसमेत हुन् । उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए । विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए । पूर्जाले यसअगाडी आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।माघ ३ गते निर्मल पुर्जाको टिमले केटुको सफल आरोहण गरेर इतिहास रचेका थिए । यता, परिषदले सोमबार मुस्ताङको धम्पुस पिक (थापा पिक) को सफल आरोहण गर्ने टासी पासाङ गुरुङ,मन गुरुङ, सनकुमार जुग्जाली,दिपेसबाबु सुवेदी,सुदीप गौतम र हिराकुमारी मल्ललाई पनि सम्मानित गरिएको छ । उनीहरुले माघ ३ गते नै ६ हजार १२ मिटर अग्लो थापा पिकको आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->