पोखरा, २७ माघ– गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले कृषिमा लगानी वृद्धि गरी सबै नागरिकलाई खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताएका छन् । खाद्य तथा पोषण सुरक्षाका क्षेत्रमा काम गर्दै आएको सुआहारा नेपालको आयोजनामा सोमबार पोखरामा भएको सरोकारवालाहरुसँगको समन्वय तथा योजना बैठकमा उनले सो धारण राखेका हुन् ।
कृषिमन्त्रालयका सचिव सवनम सिवाकोटीले चालू आर्थिक वर्षमा सामाजिक विकासमन्त्रालयसँगको समन्वयमा प्रदेशका ११ वटा पालिकाका विद्यालयमा पोषण सुधारका लागि दूध र अण्डा उपलव्ध गराउने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।सुआहार नेपालका गण्डकी प्रदेश संयोजक यामबहादुर जिसीले, धानमा आधारित पोषिला खानालाई मुख्य खानाको रुपमा न्यून प्रयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत निलकण्ठ पोखरेलले कुपोषण र खाद्य असुरषा समस्या समाधानका लागि नेपाल सरकारले अपनाएका रणनीतिहरुका बारे जानकारी दिएका थिए ।





