पोखरा, २७ माघ–फेवातालको बाँध मर्मत गर्न फेवातालको पानीको सतह घटाउँदा ५ करोड ८० लाख लिटर पानी बगेर गएको छ । पानी घटाइएपछि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यका अनुसार बाँधको रवरशील काम नलाग्ने अवस्थामा पुगेपछि मर्मत थालिएको हो । बाँधका ४ वटै ढोका खोलेर पानी बगाउँदा १ मिटर पानी घटिसकेको छ । तालको पानी २ मिटर घटाउने लक्ष्य लिएपनि फेवाताल घुम्न आउने पर्यटक र स्थानीयले मन दुखाएकै कारण पानी नघटाई मर्मत अघि बढाएको आचार्यले बताए ।
बाँध मर्मतपछि सेती सिंचाई प्रणालीबाट पानी ल्याएर फेवातालमा खन्याउने योजना बनाएको आचार्यले बताए । ‘सेती नदीको पानी नहरबाट फेवातालमा लगाउँछौं’, आचार्यले भने,‘यसरी १ महिनाभित्रै पहिलेकै
अवस्थामा फेवातालमा पानी भरिन्छ ।’





