बेनी, २७ माघ– म्याग्दी उद्योग वाणिज्य संघको शनिबार बेनीमा सम्पन्न २७औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संघको निवर्तमान अध्यक्षमा उत्तमकुमार कर्माचार्य, वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्वितीय उपाध्यक्षमा लिलाराम गौतम, महासचिवमा अमित बानियाँ, कोषाध्यक्षमा सुवर्ण रिजाल, सचिवमा सुमन श्रेष्ठ, सहकोषाध्यक्षमा नारायण घर्ती क्षत्री र सहसचिवमा ताराप्रसाद आचार्य (बाबुराम) निर्वाचित भएका छन् ।
यसैगरी संघको कार्यसमिति सदस्यहरुमा सरोजकुमार बानियाँ, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर विश्वकर्मा, ठाकुरप्रसाद शर्मा, अन्जित खान, लक्ष्मण शर्मा, टेकप्रसाद सापकोटा, गोपाल पौडेल, सुरेन्द्रराज शर्मा, तारानाथ रेग्मी, गोपालप्रसाद रेग्मी, खेमबहादुर केसी, नवराज पौडेल, भोजबहादुर रिजाल, सुनिता केसी, मतिलाल पौडेल, लक्ष्मी भण्डारी कार्की, लेकबहादुर पुन, चक्रलाल पाण्डे, दशरथकुमार कर्माचार्य, तेजेन्द्र थापा, यामकुमारी गर्बुजा, रवीप्रसाद शर्मा, यज्ञबहादुर थापा, प्रवीणकुमार श्रेष्ठ, हिमाल श्रेष्ठ र हरिबहादुर भण्डारी निर्वाचित भएका छन् ।
नवनिर्वाचत अध्यक्ष कटुवालले आफ्नो कार्यकालमा सम्रग जिल्लाका उद्योगी, व्यापारीको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ, वर्तमान केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तमकुमार कर्माचार्य, पूर्व अध्यक्ष सर्दशनकुमार श्रेष्ठ र जीवनबहादुर विश्वकर्माले बधाई ज्ञापनसहित प्रमाणपत्र वितरण गरेका थिए ।
यसअघि अधिवेशनको बन्दसत्रले निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्यको संस्थागत, महासचिव लिलाराम गौतमको प्रगति र कोषाध्यक्ष अमित बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । प्राकृतिक विपत्तिमा परेका सदस्यका लागि व्यापारिक हितकोष स्थापना, दिवङ्गत सदस्य र परिवारका सदस्यको मृत्युमा राहत सहयोग गर्ने जस्ता कार्यक्रमहरु संघले गर्दै आएको छ ।





