बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा दोस्रो चरणको खोप सुरु

म्याग्दीमा दोस्रो चरणको खोप सुरु


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ३ २०७७, सोमबार

बेनी, ३ फागुन– म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गण्डकी प्रदेश सरकारको सहयोगमा अग्रपंतिमा खटिने कर्मचारी,जनप्रतिनिधि, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र सुरक्षाकर्मीसमेतलाई खोप लगाउन पहिलो चरणको दोस्रो प्राथमिकता खोप अभियान सञ्चालन गरेको हो । यस अभियानमा करिब १ हजार ९ सय जनालाई खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए। प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पहिलो खोप लगाएर शुभारम्भ गरिएको थियो।
सो क्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुवेदी लगायतले समेत खोप लगाएका थिए। जिल्लामा अहिले करिब ९ सय जनालाई खोप लगाउन सक्ने गरि खोपको आपूर्ति भैसकेको र बाँकी लक्षित समुदायलाई थप खोप माग गरिएको कार्यालय प्रमुख लम्सालले बताए । दैनिक ३ सय जना गरि फागुन ४ गतेसम्ममा ९ सय जनालाई खोप लगाउने तयारी गरिएको छ । यस अघि जिल्लामा पहिलो चरणको पहिलो प्राथमिकतामा परेका ८९४ जना स्वास्थ्यकर्मी, स्वयमसेवक र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई खोप लगाईसकिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । दोस्रो प्राथमिकताअन्र्तगत जिल्लामा करिब १ हजार ९ सय जनालाई खोप लगाउने योजना रहेको छ । जिल्लामा थप खोप आपूर्ति भएमा बेनी अस्पतालको खोप केन्द्रसंगै प्राथमिक स्वास्थ्य केन्द्र दरबाङको खोप केन्द्रबाट समेत खोप लगाईने जनाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->