म्याग्दी, ३ फागुन– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई यान्त्रिक हलो वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले सहकारी, समूह, फर्म सञ्चालकलाई यान्त्रिक हलो वितरण गरेको हो ।
पोखरेबगरमा आइतबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, कृषि शाखा प्रमुख प्रविण अधिकारीले यान्त्रिक हलो वितरण गरेका थिए ।
सार्वजनिक सूचना आव्हान गरेर आवेदन संकलन गरिएको थियो । वडा न। ६ को होलिडे कृषि तथा पशुपंक्षी फर्म, धौलागिरी पशुपालन फर्म, बिरौटा सुन्तला तथा कृषि समूह, नयाँघरे एकीकृत कृषि तथा पशुपंक्षी फर्म, सी कृषि तथा पशुपंक्षी फर्मले यान्त्रिक हलो पाएका छन् ।





