शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

विन्दुवासिनी संस्कृत विद्यापीठमा १८ कोठे पक्की छात्रावास

विन्दुवासिनी संस्कृत विद्यापीठमा १८ कोठे पक्की छात्रावास


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ५ २०७७, बुधबार

पोखरा, ५ फागुन– पोखरास्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा १८ कोठासहितको तीनतल्ले छात्रबास भवन बनेको छ । भवनको मंगलबार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.भीमप्रसाद सुवेदीले उद्घाटन गरे ।
कार्यक्रममा अध्यक्ष प्रा.डा.सुवेदीले शिक्षा ज्ञानोपयोगी, जीवनोपयोगी र समाजोपयोगी हुनुपर्नेमा जोड दिदै संस्कृत शिक्षालाई समयसापेक्ष रुपमा जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले विश्वविद्यालयले समय सापेक्ष शिक्षालाई जोड दिँदै वास्तु इन्जिनियरिङ, योग तथा प्राकृतिक चिकित्सा, जीवन शैली व्यवस्थापनलगायतका विषयको पाठ्यक्रम तयारी गर्दै गरेको जानकारी दिए । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधवप्रसाद अधिकारीले संस्कृतमा सबै छ भन्ने नभै यो छ भनेर देखाउनुपर्ने बेला आएको बताए ।
विन्दुवासिनी संस्कृत विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा,विद्यापीठका प्राचार्य नारायणप्रसाद सापकोटा,संविधानसभा सदस्य एवम् विद्यापीठ विकास समितिका पूर्वसदस्य शारदा पौडेल,पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी,विद्यापीठ विकास समितिका पूर्वअध्यक्ष ऋषि सापकोटा र विष्णुप्रसाद बराल, विन्दुवासिनी संस्कृत विद्यापीठका पूर्वप्राचार्यहरू प्रा.डा. शालिकराम सुवेदी, सह प्रा श्रीराम बराल र नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकार्यकारी परिषद् सदस्य एवम् नेपाल प्रध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाईका सभापति सहप्राध्यापक अम्बिकाप्रसाद भट्टराई, नेपाल प्राध्यापक संघ नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय उपसभापति आनन्दमणि रिजाल, प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठका अध्यक्ष डा.जगन्नाथ रेग्मी, प्रगतिशिल प्राध्यापक संघ विन्दुवासनी संस्कृत विद्यापीठका श्यामप्रसाद पौडेल, संस्कृत माविका अध्यक्ष इश्वरलाल श्रेष्ठ, चिसाखोला वेद विद्याश्रमका प्रधानाध्यापक श्रीराम तिमल्सिना, स्ववियु प्रतिनिधि दीपेश पराजुली ,विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बराल, राधाकृष्ण गैरेलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->