बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा प्रथम चौँरी महोत्सव शुरु

म्याग्दीमा प्रथम चौँरी महोत्सव शुरु


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ६ २०७७, बिहिबार

म्याग्दी, ६ फागुन– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौँरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए । ‘पाउद्वार गाउँकै नजिकै लरेनीमा झारिएका चौँरी देखाएर पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ’, उनले भने, ‘कोरोनाका कारण थलिएको पर्यटन र ग्रामीण अर्थतन्त्रलाई पनि यसले सहयोग गर्ने अपेक्षा छ ।’

महोत्सवमा कृषक र विज्ञहरुबीच चौँरीको महत्व, समस्या, व्यावसायिक सम्भावना र कृषकको आवश्यकताका विषयमा छलफल आयोजना गरिएको छ । यसैगरी चौँरीको आलो रगत पिउने मेलासमेत सञ्चालन हुनेछ ।

महोत्सवमा आउने पाहुनालाई चौँरी देखाउने र यसको महत्वका विषयमा बुझाइने कार्यवाहक वडाअध्यक्ष राजेश तिलिजाले बताए । ‘म्याग्दी जिल्लामा हाम्रो वडामा मात्र चौँरीपालन हुन्छ’, उनले भने, ‘परम्परागत चौँरीपालनलाई पर्यटन र गाउँलेको आयआर्जन सुधारसँग जोड्ने प्रयास गरिएको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->