शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सोनाम ल्होछार मनाइयो

सोनाम ल्होछार मनाइयो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७७, आइतबार

पोखरा, ९ फागुन– पोखरा महानगरपालिका वडा नं. १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिले मञ्जुश्री सम्वत २८५७ औं सोनाम ल्होछार(लाङ)को सन्दर्भमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघीय समितिका पुर्वअध्यक्ष धनप्रसाद तामाङले कार्यक्रमको उद्घाटन गरे । उनले मौलिक पहिचान,संस्कृति सभ्यता भएकाले ल्होछारलाई प्रष्ट बुझ्नुपर्ने बताए । सोनाम ल्होछार केहो, ल्होहरु र ल्होकोरको महत्व लगायतले ल्होछारको विविध पक्षमा प्रष्ट्याएका थिए ।कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङ संघीय समितिका पूर्वकार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ, संघीय समितिका सचिवालय सदस्य दीपक तामाङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलगायतले बोलेका थिए । कार्यक्रममा तामाङ बौद्ध सेवा समितिलाई विशेष सहयोग गर्नुहुने समाजसेवी क्या.धनबहादुर तामाङलाई ताम्रपत्रद्धारा सम्मान गरिएको थियो भने सहयोगीहरु जसपाल तामाङलगायतले सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->