मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सातसय बगाले थापा समाजको अध्यक्षमा पुन: थापा

सातसय बगाले थापा समाजको अध्यक्षमा पुन: थापा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७७, आइतबार
??????

बागलुङ, ९ माघ – सातसय बगाले थापा समाज गलकोट नगरपालिका-७ मल्म बागलुङको १८ औं साधारणसभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ । अधिवेशनले दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छुम बहादुर थापा, धनश्याम थापा, सचिवमा टोप बहादुर थापा, सहसचिवमा शेर बहादुर थापा, कोषाध्यक्षमा अम्मर बहादुर थापा र सहकोषाध्यक्षमा बाबुराम थापा चयन भएका छन ।सदस्यहरुमा खिम बहादुर थापा, डिल बहादुर थापा, बेलुकाजी थापा, मीन बहादुर थापा, थुमा थापा र टिका कुमारी थापा रहेका छन । अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, चन्द्र बहादुर थापा, भोज कुमारी थापा र भीम बहादुर थापालाई चयन गरेको छ ।त्यस्तै, बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा थम्मन थापा सन्देश, दल थापा र हुम बहादुर थापा रहेका छन । सो अवसरमा दल बहादुर थापा संयोजकत्वमा टीका बहादुर थापा, गंगा बहादुर थापा, ज्ञान बहादुर थापा र लोक बहादुर थापा रहेको सल्लाहकार समिति गठन गरिएको छ ।यता, लेखा समिति संयोजकमा राज वहादुर थापा र सदस्यमा केहरसिंह थापा र झम बहादुर थापा रहेका छन । समाजले विभिन्न उपसमिति समेत गठन गरेको छ । भूपुसैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति रहेको छ । समाजका संरक्षक तथा गलकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्राध्यापक डाक्टर दिन बहादुर थापा र क्याम्पसका लेखापाल तथा बुद्धिजीवी हुम बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । वार्षिक साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->