मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गौतमलाई प्रेस संगठन गण्डकी इन्चार्जको जिम्मेबारी

गौतमलाई प्रेस संगठन गण्डकी इन्चार्जको जिम्मेबारी


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १० २०७७, सोमबार

बागलुङ, १० फागुन– ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका प्रधान सम्पादक हरिनारायण गौतम प्रेस सङ्गठन गण्डकी प्रदेश कमिटि इन्चार्जमा चयन भएका छन् । प्रेस संगठन नेपालले पदाधिकारी र प्रदेश कमिटी विस्तार गर्दै गौतमलाई गण्डकीको जिम्मेबारी दिएको हो । गत पुस ६ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको निर्देशन बमोजिम सङ्गठनको जिम्मेवारी हेरफेर गरिएको हो ।
सङ्गठनको केन्द्रिय संयोजकमा महेश्वर दाहाललाई जिम्मेवारी दिइएको छ भने सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा रहेका छन् । महासचिवमा राजेश राई चयन भएका छन् । गण्डकीको सहइन्चार्जत्रयमा त्रिभुवन पौडेल, श्रीराम सिग्देल र माधव पनेरु रहेका छन् । यस्तै संयोजकमा अर्जुन काफ्ले र सहसंयोजकद्वयमा उर्मिला कुँवर र दीपक जलन तोकिँदा सचिवको जिम्मेवारी गणेश पौडेललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->