शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रचण्ड–नेपाल पक्षको हस्ताक्षर संकलन, कांग्रेस नेता सहभागी

प्रचण्ड–नेपाल पक्षको हस्ताक्षर संकलन, कांग्रेस नेता सहभागी


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १० २०७७, सोमबार

पोखरा, १० फागुन– नेपाली कांग्रेसका केन्द्रीय नेताहरू प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा छन् । निर्वाचन र पुनस्र्थापनाको एजेण्डाले कांग्रेसको विवादले उग्र रुप लिइरहेको बेला म्याग्दीमा भने प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले आइतबार म्याग्दीको सदरमुकाम बेनीमा हस्ताक्षर संकलनमा कांग्रेसका नेताहरूले हस्ताक्षर गरी साथ दिएका छन् ।
नेकपाको हस्ताक्षर संकलन कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, प्रदेश ‘ख’ सभापति कमल छन्त्याललगायत नेपाली कांग्रेसका युवाहरूलेसमेत हस्ताक्षर गरे । ‘संसद पुर्नस्थापना हुनुपर्छ,‘उहाँहरूको पार्टीको झगडामा देशले दुःख पाएको छ’, कांग्रेस उपसभापति रेग्मीले भने । उनले संसद पुर्नस्थापना नै कांग्रेकको माग भएको बताए । हस्ताक्षर संकलनको पहिलो दिन कांग्रेसका जिल्ला तथा स्थानीय तहका नेताहरुले समर्थन सहित सहभागिता जनाएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले म्याग्दीबाट हजारौं हस्ताक्षर संकलन गरी प्रतिगमनविरुद्ध म्याग्दी एकजुट भएको सन्देश प्रवाह गर्ने बताए । उनले जिल्लामा संसद विघटन विरुद्धको अभियानमा ठूलो जनमत रहेको समेत बताए । उनले प्रतिनिधिसभाको असंवैधानिक विघटन खारेज सर्वोच्चले उल्टाएपछि राजनीतिले पुरानै धार लिने बताउँदै प्रधानमन्त्री कदम बिरुद्ध सडक संघर्ष जारी रहेको बताए । हस्ताक्षर संकलन गरी प्रजिअ उमाकान्त अधिकारीमार्फत पठाइने युवा संघ नेपालका सहअध्यक्ष सन्दिप खत्रीले बताए । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको भन्दै यूवा संघ नेपाल र अनेरास्ववियू म्याग्दीले वीरेन्द्रचोकमा सर्वसाधारणलाई संविधानको रक्षाका लागि सहभागि हुन अपिल समेत गरेका छन् । हस्ताक्षर संकलन अभियानमा नेकपाका नेता बालकृष्ण सुवेदी, अनेमा संघ म्याग्दीकी अध्यक्ष ज्योति लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->