पोखरा, ११ फागुन– रेडियो अन्नपूर्णले आउँदो चैत २१ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि चैतको तेश्रो शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजय मल्लले जानकारी गराए ।
यसैबिच स्टेशन म्यानेजर मल्लको अध्यक्षतामा सोमबार बसेको बैठकले रेडियोका बरिष्ठ संवाददाता दीननाथ बरालको संयोजकत्वमा तयारी समिति समेत चयन गरिएको छ । समितिको सहसंयोजकमा बरिष्ठ संवाददाता माधव बराल र संवाददाता सन्तोष बस्याल चयन भएका छन् ।





