काठमाण्डौ, ११ फागुन– सभामुख अग्नि प्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रतिक्रिया दिँदै सभामुख सापकोटाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाबारे पनि स्पष्ट मार्गनिर्देश गरेको बताए ।
उनले भने, ुनेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ । समग्रमा भन्नुपर्दा यसले एउटा नयाँ आयाम खडा भएको छ। साथै यसले लोकतन्त्रको विकास विस्तार र सुदृढीकरणमा पनि महत्वपुर्ण भूमिका खेलेको छ ।





