शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला साहसिक कदम : प्रचण्ड

संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला साहसिक कदम : प्रचण्ड


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ११ २०७७, मंगलबार

काठमाण्डौ, ११ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई साहसिक कदम भनेका छन् ।

संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउने सर्वोच्चको फैसलापछि फेसबुक लाइभमार्फत प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । चितवनमा रहेका प्रचण्डले सर्वोच्चको फैसलाले आफूलाई गौरव अनुभुति भएको भन्दै प्रचण्डले देशव्यापी रुपमा विजय जुलुस निकाल्न सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम न्यायालयले खारेज गरेको भन्दै प्रचण्डले ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । ‘केपी ओलीको भ्रममा रहेका बसैलाई भ्रममुक्त हुन म आग्रह गर्दछु’, प्रचण्डले भने,‘ओलीको भुल भुलाएमा बस्नु आवश्यक छैन । सबैलाई मुल पार्टीमा आउन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->