
पोखरा, १३ फागुन– संसद पुनःस्थापनाको स्वागत गर्दै प्रचण्ड–माधव समूहले बुधबार देशभर विजय जुलुस निकाल्यो । सो उपक्रममा पोखरामा पनि ¥याली निस्कियो । पोखराको पृथ्वीचोकबाट निस्केको ¥याली चिप्लेढुंगाको मानवअधिकार चोकमा पुगेर सभामा परिणत भयो । ¥यालीमा न्यायालय हाइहाई, केपी ओली बाइबाई, केपी तिम्रो पाराले, दुःख पाए सारालेलगायतका नारा लागे । अबिर लगाउने काम पनि भयो । कोणसभामा नेकपाका नेताहरुले संवोधन गरे । उनीहरुले सर्वोच्चको फैसलाले प्रतिगमन सच्चिएको बताए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य तुलबहादुर गुरुङले प्रधानमन्त्री केपी ओलीले आफ्नो गल्तीप्रति माफी माग्दै राजीनामा दिनुपर्ने बताए । फेरि पनि सत्ता टिकाउन अर्को प्रतिगामी कदम चाल्ने दुस्साहस गरेमा थप सशक्त आन्दोलन गरेर ओलीलाई सधैँका लागि बढार्ने उनले चेतावनी दिए ।
नेकपा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले ओली समूहका ईमान्दार कम्युनिष्ट नेता÷कार्यकर्तालाई मूल पार्टीमा फर्किन आग्रह गरे ।वाम बुद्धिजिवी सुरेन्द्र थापा मगरले संविधानको कुनैपनि धाराले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएकाले प्रतिगमन सच्चिएको बताए ।नेकपा कास्की सचिव बखानसिंह तमुले प्रतिगामी कदम सच्याएकोमा सर्वोच्चलाई धन्यवाद दिदै आन्दोलन गर्न सघाउने सबैमा आभार व्यक्त गरे ।





