बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहेंलो धातु दिएर बृद्धबृद्धाको सुन लुटपाट

पहेंलो धातु दिएर बृद्धबृद्धाको सुन लुटपाट


  • हरिकृष्ण गौतम
  • फाल्गुन १४ २०७७, शुक्रबार

बेनी, १४ फागुन– म्याग्दीको सदरमुकाम बेनीमा नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ । बेनी नगरपालिका–४,डाँडाखेतकी ७४ वर्षीया पुतली किसानलाई नक्कली सुनलाई सक्कली सुन भन्दै शरीरमा लगाएको सुनको रिङ लुटेर भागेका छन् । सदरमुकाम बेनीबजारको विद्युत कार्यालयबाट कालिपुल जाने बाटोमा दुई जना अपरिचित युवाले सुन साटी दिने भन्दै नक्कली सुनको ढिक्का देखाई कानमा लगाएको आधा तोलाको सुनको रिङ लगेको पीडितको भनाई छ । ‘ठूलो सुन देखाएपछि खोलेर दिएँ, घर पुगेर हेर्दा नक्कली रहेछ’, किसानले भनिन् ।
फागुन १० गते दिउँसो १२ बजे सुनको ढिक्का लिएर घर पुगेकी किसानले नक्कली भएको जानकारी पाएपछि आफू ठगिएको प्रहरीमा बिहिबार उजुरी गरेपछि घटना सार्वजनिक भएको थियो । पछिल्लो समय बेनीबजारमा नक्कली सुनको ढिक्का देखाई दिउँसै सक्कली सुन लुटपाटको घटना बढ्दै गएको छ । भीडभाड र एकान्तमा बसेर बृद्धबृद्धालाई सुनको जस्तो देखिने धातु दिएर जाने गिरोह सक्रिय रहेको अनुमान प्रहरीले गरेको छ । ‘नक्कली सुन देखाई लुटपाट गर्ने तथा ठगी गर्ने गिरोहबाट सचेत हुनुहोला’म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले भने,‘शरीरमा लगाएको सुन साट्न खोज्ने प्रयास गरेमा तुरुन्तै जानकारी दिनुहोस् ।’ उनले घटना लगत्तै सार्वजनिक नभई नक्कली भएको थाहा पाएपछि मात्रै प्रहरीले जानकारी पाउने गरेको बताए । त्यस्ता शंकास्पद व्यक्ति भेटिएमा प्रहरीलाई खबर गर्न वा नजिकै यात्रा गरिरहेका सर्वसाधारणलाई समेत सहयोग माग्न सकिने प्रनाउ राईको भनाई छ ।
ठगी भएको भन्ने सुचना हुनासाथ तत्काल प्रहरी पुग्न सक्ने स्थानमै पछिल्लो समय लुटपाट भइरहेको छ । यसअगाडी समेत बेनीमै लगाएको सुनाको वाला २ थान, लकेटसहितको सिक्री लगाएका बृद्धबृद्धाले नक्कली सुनसँग साटेको घटना सार्वजनिक भएपछि प्रहरीले सार्वजनिक सूचना नै जारी गरेको थियो । यस्ता घटना करिब आधादर्जन भन्दा बढी घटिसकेको अनुमान गरिएको छ । नक्कली सुनले सक्कली साट्ने, नक्कली सुनले नगद साट्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले भीडभाड र घटना घटेको क्षेत्रमा प्रहरीलाई परिचालन समेत गरेको छ । सामान्यतयाः सुनको कारोबार गर्ने वित्तीय संस्थार सुनचाँदी व्यवसायीले कुन सुन सक्कली र कुन सुन नक्कली हो भन्ने छुट्याउन सक्ने भएपनि सर्वसाधारण प्रलोभनमा नक्कली धानुलाई समेत सुन भन्दै ठगिने गरेका छन् । यता सुनचाँदी ब्यवसायीलाई विल सहित र हुलिया हेरेर मात्रै सुन खरिद गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
नक्कली सुन र लुटिएकी बृद्धा ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->