बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोटरेबल पुल सहमतिमा बनाउन माग

मोटरेबल पुल सहमतिमा बनाउन माग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०७७, शुक्रबार

बेनी, १४ फागुन– बेनी नगरपालिका–१, रत्नेचौर तथा पर्वतको जलजला गाउँपालिका–७, लाई जोड्नका लागि निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण सबैको सहमतिमा गर्न माग भएको छ । बिहीबार रत्नेचौरको वडा कार्यालय परिसरमा सम्पन्न वडा भेलाले उक्त मोटरेबल पुल सबै वडावासीको आम सहमतिमा गर्ने निर्णय गरिएको हो ।

पुल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा यस क्षेत्रका उपभोक्ताको समग्र लाभ तथा सुविधालाई मध्यनजर गरी भू–बनोटको परीक्षण र उपभोक्ताको आम सहमतिमा गर्नुपर्नेमा ती कुनै विषयवस्तुमा पुनर्विचार नगरिएको जनाइएको छ । त्यसकारण साविक रत्नेचौर–५ को सिम र सारेमारेको बीचमा पर्ने गरी ती क्षेत्रका समुदायको सहमतिमा मात्र प्रक्रिया अगाडि बढाइसकिएकाले वडा नं १ को पूर्ण आमभेला र आम सहमति नजुट्ने अवधिसम्म प्रक्रिया स्थगित गर्ने निर्णय गरिएको रत्नेचौरका युवा सन्तोष बोगटीले बताए ।

स्थगित पुल निर्माणकार्यको लागि बेनपा–१ को वडास्तरीय आम सहमति बनाउन यही फागुन १५ गते आमभेला आयोजना गर्ने निर्णय भएको बताइएको छ । यसैगरी पुल निर्माण प्रक्रिया स्थगन गर्ने विषय तथा आमभेलाका लागि सरोकारवाला निकायहरुमा जानकारीसहित निवेदन दिन वडा कार्यालयलाई भेलामार्फत जिम्मेवारी दिने निर्णय समेत गरिएको युवा बोगटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->