बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालक संगठित

म्याग्दीका हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालक संगठित


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १७ २०७७, सोमबार

बेनी, १६ फागुन– म्याग्दीका हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालक संगठित भएका छन्। आइतबार सदरमुकाम बेनीमा भएको भेलाबाट श्यामनन्द शर्माको अध्यक्षतामा ११ सदस्यीय म्याग्दी स्काभेटर अप्रेटर संघ गठन भएको छ । समितिको उपाध्यक्ष देबबहादुर खड्का, सचिव देबेन्द्र चोखाल, सह–सचिव राजकुमार बुढाथोकी, कोषाध्यक्ष विनोद चोखाललाई चयन गरिएको हो। त्यसैगरी समितिको सदस्यहरूमा बालकृष्ण खत्री, बुद्धि खत्री, रमेश चोखाल, सागर बानियाँ, सागर पटेल र अनुप पटेल रहनुभएको छ । म्याग्दीमा बिकाश निर्माणकार्यमा खटिइरहेका डोजर अपरेटर तथा सवारी चालकहरुले आफ्नो हक अधिकारको सुनिश्चितता संगै रोजगार दातासंग सुमधुर सम्बन्ध कायम राख्ने उदेश्यले संस्थाको स्थापना गरेको अध्यक्ष शर्माले बताए । ‘विकास निर्माणमा हाम्रो योगदानको पनि सम्मान हुने गरी काम गरिरहेका छौ,‘अब संगठित भएर थप काम गर्ने योजना छ’ अध्यक्ष शर्माले भने । हेवी इक्युप्मेन्ट अपरेटरको समस्या समाधान तथा आवश्यकतामा सहयोग गर्ने गरी सदस्यता वितरण सहित विभिन्न कार्यक्रम गरिने अध्यक्ष शर्माको भनाई छ ।
भेलामा सहभागीले पारिश्रमिक नदिए पछि अपरेटर आफ्नो पारिश्रमिक बारे बोलिदिन अपरेटर संबद्ध संस्थाको आवश्यकता रहेको भन्दै खुसी ब्यक्त गरेको सचिव देबेन्द्र चोखालले बताए । कन्ट्रकसन मालिक तथा ठेकेदार हरुले बिना लाइसेन्स काम गराउने गरेको अवस्थामा आफ्नो ज्यान र पेशाको सुरक्षाका लागि लाइन्सेन्स प्राप्त र पुराना स्काभेटर चालकले समेत अनुभव आदानप्रदान सहितका क्षमता विकासका कार्यक्रमहरु समेत सञ्चालन गरिने बताइएको थियो । म्याग्दीमा हालसम्म संस्थाको सम्पर्कमा ५० जना आइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->