शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीको भनाइ, आगामी वार्ताको मोडालिटीबारे छलफल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७७, बुधबार

काठमाडौं, १९ फागुन – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बसेका थिए । सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन् । वार्तामा भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए।
गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले आजको वार्तामा आगामीका वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताए । यससँगै नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेता/कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने बताइएको छ ।
चन्द निकट एक नेताका अनुसार बुधबारको वार्तामा दुवै पक्षबीच एउटा मुद्दामा सहमति बनेको छ । ‘सरकारको प्रस्ताव वैधानिक तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्ने थियो । तर, वैधानिकभन्दा पुरानै संसद, यो संविधानलाई मान्नु पर्ने हुन्छ । त्यही भएर वैधानिक शब्द हटाएर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्नेमा सहमति भएको बुझेको छु,’ ती नेताले भने । यद्यपि यो सहमतिबारेको जानकारी औपचारिक रुपमा बाहिर आएको छैन । आगामी वार्ता बिहीबार हुने ती नेताले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->