शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रचण्ड-माधव समूहद्वारा नेम्वाङ र बस्नेतसहित ७ लाई कारबाही

प्रचण्ड-माधव समूहद्वारा नेम्वाङ र बस्नेतसहित ७ लाई कारबाही


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७७, बुधबार

काठमाडौं, १९ फागुन – नेकपा प्रचण्ड-माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए । बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि अपिल गर्ने  निर्णय गरेको छ । आन्दोलनका क्रममा देश भर भएका दमनको भर्त्सना गर्ने र विशेष गरी जनकपुरमा भएको निश्रंस दमनको निन्दा गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठकले दु:ख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->