शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सरकार र विप्लव समुह वार्ता : बन्दीलाई छोड्ने र प्रतिबन्ध फुकुवा गर्ने सहमती

सरकार र विप्लव समुह वार्ता : बन्दीलाई छोड्ने र प्रतिबन्ध फुकुवा गर्ने सहमती


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २० २०७७, बिहिबार

काठमाडौं, २० फागुन – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदै सहमति भएको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको छ ।
सहमतिको विस्तृत विवरण शुक्रबार २ बजे एक विशेष समारोह गरेर सार्बजनिक गरिने छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने बताइएको छ ।
यसअघि बुधबार सरकार र विप्लव समूहबीच दुई चरणमा वार्ता भएको थियो । मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोली गठन गरेको सार्बजनिक गरेका थिए ।
वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् भने विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने‘दीपक’ रहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->