पोखरा, २४ फागुन – श्रमिक महिलाहरुलाई एकजुट हुन आब्हान गर्दै महिला संघ संगठनहरुले १११औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (८ मार्च) अन्तरक्रिया, छलफल र विचार गोष्ठी गर्दै सोमवार देशभर मनाईरहेका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति कास्कीको आयोजनामा कानूनी सचेतना तथा अन्तरक्रिया कार्यक्रम पोखराको ह्वाइट हाउस पाटी प्लालेस सिर्जनाचोकमा सुरु भएको छ ।
‘सम्पूर्ण श्रमिक महिलाहरु एक होऔं, संविधान प्रदत अधिकार कार्यान्वयन गर्दै महिला हिंसाको अन्त्य गरौं’ भन्ने मुल नारासहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा कानूनी सचेतना समबन्धी कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमलाई अनेमसंघका केन्द्रिय संयोजक अमृता थापामगर, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ करण, सहइन्चार्ज चुडामणी जंगली लगायत महिला नेतृहरु सिता गिरी ओली, गजकुमारी गुरुङ लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।





