बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

श्रीमानलाई बोकेर दौडने प्रतियोगितामा अधिकारीको जोडी प्रथम

श्रीमानलाई बोकेर दौडने प्रतियोगितामा अधिकारीको जोडी प्रथम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७७, सोमबार

पोखरा, २४ फागुन – तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडीले प्रथम स्थान हासिल गरेको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जोडी दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम, गंगा गुरुङ र नवीन गुरुङको जोडी द्धितिय र सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालकिाकी उपाध्यक्ष विमला थापाले जानकारी दिइन् । यो प्रतियोगितामा १४ जोडी सहभागी थिए ।
शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिन यो प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्ष थापाले बताईन । प्रतियोगिताका विजेताले शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->