शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

निर्वाचन आयोगद्वारा ओली र प्रचण्ड अध्यक्ष रहेको ‘नेकपा’ खारेज

निर्वाचन आयोगद्वारा ओली र प्रचण्ड अध्यक्ष रहेको ‘नेकपा’ खारेज

एकीकरण गर्ने भए १५ दिनभित्र एमाले र माओवादी केन्द्रले निर्वाचन आयोगमा निवेदन दिनुपर्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७७, मंगलबार

काठमाडौं, २५ फागुन – निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (ने क पा) निर्वाचन आयोगले खारेज गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।
दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जानकारी दिने पनि आयोगले जनाएको छ । यस्तै,आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र प्रचण्डलाई जानकारी दिने भएको छ ।

त्यस्तै, केन्द्रीय समितिको निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जानकारी दिने पनि आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएपछि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ब्युँतिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->