बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कांग्रेस म्याग्दीका पूर्वसभापति डा. खड्काको निधन

कांग्रेस म्याग्दीका पूर्वसभापति डा. खड्काको निधन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७७, मंगलबार

पोखरा, २५ फागुन – नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भुपेन्द्रबहादुर खड्काको निधन भएको छ। डा. खड्काको मंगलबार बिहान ४ बजे काठमाडौंको सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। खड्का २०४८ को आम निर्वाचनमा म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। त्यसैगरी उनी २०५५ मा म्याग्दी जिल्ला सुकुम्वासी आयोगको अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक संस्थाहरुमा समेत क्रियाशील रहँदै आएका थिए।
विसं १९९८ श्रावण २० गते तत्कालीन अथुङ्गे गाविस-१ मा जन्मेका स्वर्गीय खड्काले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका भन्दै उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ। उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पुर्‍याएको सक्रिय योगदानको स्मरण गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->