शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

ढिस्को खस्दा मजदुरको मृत्यु

ढिस्को खस्दा मजदुरको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २६ २०७७, बुधबार

पोखरा, २६ फागुन– सेती नदीको बगरमा काम गर्दै गर्दा ढिस्को खसेर एक जनाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी–८, लण्डन ब्रिजभन्दा माथि किमलडाँडा घाटमा काम गर्ने क्रममा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको हो । काम गर्दै गर्दा ढिस्को खसेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए । मृतक गुरुङ कान्छी श्रीमतीसँगै नदीजन्य पदार्थ उत्खनन्को काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->