बेनी, २७ फागुन– म्याग्दीको गलेश्वरमा ट्याक्सी दुर्घटनाहुँदा चार जना घाईते भएका छन् । गलेश्वर मन्दिरमा पुजाका लागि पुगेका पर्वतका भक्तालु लिएर कुश्मा फर्किंदै गरेको ध१ज ४७५ नम्बरको ट्याक्सी गलेश्वर नजिकै सडकबाट खोला किनारमा खसेको हो । ट्याक्सीमा सवार चारै जना घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाईते सवैको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी सडकबाट करिब ४० मिटर तल खसेको थियो । पर्बतको सदरमुकाम कुस्माबाट म्याग्दीको गलेस्वोर मन्दिरमा पुजा गरेर फर्किने क्रममा दुर्घटना भएको प्रहरिले बताए । ट्याक्सी न्युटलमा राखेको र वट झिक्दा बगेर दुर्घटना भयको प्रत्यक्षदर्शी ले बताए । घट्नाको विस्तृत विवरण आईपुगेको छैन् ।





