पोखरा, २८ फागुन– गण्डकी प्रदेश सरकारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत ग¥यो । ४६ जना पुरस्कृत हुने कर्मचारीमध्येका एक थिए, कास्कीका वन अधिकृत केदार बराल । प्रदेश सरकार स्थापना दिवसमा ५० हजार राशीसहितको ‘निजामति सेवा पुरस्कार पाएकोमा उनी मख्ख छन् । कामको कदर भएको बताउने उनी खासमा ‘नर्सरी अभियन्ता’ हुन् । ‘बिरुवा नभइ कसरी वृक्षरोपण गर्ने ?’, उनी आफ्नो प्रश्नको उत्तर आफै दिन्छन््,‘हरियाली भनेर हुँदैन, बनाउन बिरुवा चाहिन्छ । ’डिभिजन वन कार्यालय कास्कीका डिभिजन वन अधिकृत बराल पोखरालाई हरीयाली बनाउने अभियानमा छन् । ‘पोखरा महानगरपालिकालाई हरीयाली बनाउन आवश्यक छ’,उनी भन्छन्,‘ अहिले वन कार्यालयले जिरोकिलो मिटरदेखि बागलुङ वसपार्कसम्म अर्वन फरेस्टी प्लान्टेसन कार्यक्रम सुरु गरिएको छ ।’ फराकिलो बाटोको छेउमा रुख रोप्दै हरियाली बनाउने उनको योजना हो । बराल यत्तिमा रोकिएका छैनन् ।
कार्यालय परिसरमै पहिलोपटक नर्सरी बनाउनेदेखि कुँडहर सव– डिभिजन कार्यालय, लेखनाथ सव– डिभिजन कार्यालयमा नर्सरी राख्ने अनि बन्द भएको फेवा नर्सरी संचालनमा ल्याएको श्रेय पनि उनलाई नै जान्छ ।
रेन्जरको रुपमा सुरु गरेका उनी २०७१ जेठ १३ गते डिभिजन अधिकृत भए । डिभिजन अधिकृत भएसँगै बरालले कास्कीसहित तनहुँ र बैतडीमा कार्यभार सम्हाले । तनहँुमा डिभिजन प्रमुख भएर काम गर्दा गतवर्ष ८ वटा नरभक्षी चितुवा समातेर मान्छेको त्रास कम गराउने भूमिका खेले । दुई दशकदेखि वन कार्यालयमा रहेका उनले वनको क्षेत्रफल बढिरहेको सुनाए । वन बढिरहँदा वन्यजन्तु पनि बढेको उनको तर्क छ । तर,राज्य र व्यक्तिबाटै वन अतिक्रमण भएमा भने उनी दुःखी छन् । तनहुँमा हुँदा उनले गण्डकी प्रदेशमै सबैभन्दा बढी बिरुवा उत्पादन गरेर देखाइदिए । उनको नेतृत्वमा तनहुँमा ८ लाख ८४ हजार वटा विभिन्न जातका विरुवा वृक्षरोपण गरिएको थियो ।
‘यो क्षेत्रमै कुनै पनि एउटा जिल्ला ले त्यति धेरै विरुवा उत्पादन गरेको थिएन’, उनले आफूले गरेको काम सम्झे । डाले घाँसहरु जस्तै ः खन्यु,चाँप,तेजपात जस्ता ४६ जातका बिरुवाहरु किसानहरुले रुचाए । हाइटेक वन नर्सरी (उच्च गुणस्तरीय) विरुवा उत्पादनलाई विशेष प्राथमिकतामा राख्दै सामुदायिक वनलाई व्यावसायिक बनाउने अवधारणा पनि उनकै हो । उच्च आयआर्जन हुने विरुवा उत्पादन गर्दै सामुदायिक वनहरुलाई उत्पादनमुखी बनाउनेतर्फ उनी निरन्तर क्रियाशिल रहँदै आएका छन् ।
(गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवमा निजामति पुरस्कारबाट पुरस्कृत बराल डिभिजन वन कार्यालय कास्की प्रमुखको रुपमा कार्यरत छन् ।)
प्रस्तुति–विजय नेपाली





