बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कांग्रेस पूर्वसभापति खड्गाको अस्तु कालीगण्डकीमा

कांग्रेस पूर्वसभापति खड्गाको अस्तु कालीगण्डकीमा


  • ढोरपाटन संबाददाता
  • फाल्गुन २९ २०७७, शनिबार
फाईल तस्विर

बेनी, २९ फागुन– नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको अस्तु शुक्रबार कालिगण्डकी नदीमा सेलाइएको छ । कांग्रेस म्याग्दी सभापति खमबहादुर गर्बुजा, संविधानसभाका सदस्य रेशमबहादुर बानियाँसहित जिल्लाका नेता तथा कार्यकर्ताका साथै छिमेकी र आफन्तसमेतको उपस्थितिमा कालिगण्डकी नदीमा स्वर्गीय खड्काको अस्तु सेलाइएको हो । बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा मंगलवार बिहान निधन भएको थियो । खड्काको मंगलबार नै काठमाडौंस्थित पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको थियो ।
अकस्मात बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौ लगिएको थियो। खड्कालाई मुटु सम्बन्धी समस्या थियो। यसैबीच स्वर्गीय खड्काको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउँदै कार्यालय बन्द गरिएको थियो भने आगामी आइतबार पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितीमा बेनीमा श्रद्धाञ्जलीसभाको आयोजनाको कार्यक्रम तय गरिएको छ । स्वर्गीय खड्का म्याग्दी बुहुमुखी क्याम्पस सञ्चालक समितिको पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको पुर्वसभापति पनि थिए । चिकित्सक र कानून व्यवसायीसमेत रहेका खड्काले बेनीको प्रकाश माविमा शिक्षण पनि गरेका थिए । उनका एक छोरा र एक छोरी छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->