बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ म्याग्दीको अध्यक्षमा पौडेल

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ म्याग्दीको अध्यक्षमा पौडेल


  • ढोरपाटन संबाददाता
  • चैत्र १ २०७७, आइतबार

बेनी, १ चैत- नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नवराज पौडेल चयन भएका । शनिबार बेनीमा सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा भिमबहादुर श्रेष्ठ, सचिबमा नारायण शर्मा, कोषाध्यक्षमा धु्रबराज सुबेदी र सचिवमा रामु रिजाल निर्वाचित रहेका छन् । सदस्यहरुमा लक्ष्मी सुबेदी, शान्ति आचार्य पौडेल, जमुना सुबेदी पौडेल, गौरी थापामगर, दिप्ति श्रेष्ठ र मुक्ति सुवेदी रहेको सचिव रामु रिजालले बताए ।

‘गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच साङ्गठनिक आधार’ भन्ने मूल नारासहित आयोजित अधिवेशनको म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गरेका थिए ।कार्यक्रममा पुस्तक व्यवसायी महासंघका जिल्ला सचिव नारायण शर्माले प्रगति र कोषाध्यक्ष ध्रुवराज सुवेदीले आर्थिक प्रतिवेदन गरेका थिए । अधिवेशनमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश पौडेल, महासंघको गण्डकी प्रदेश सचिव ध्रुवप्रसाद शर्मा, म्याग्दी शाखाका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद शर्मा, महासंघका पूर्व केन्द्रीय सदस्य लिलाराम गौतम, म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->