शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

धुम्बाराही कार्यालयमा ओली र नेपाल पक्षबीच छलफल सुरु

धुम्बाराही कार्यालयमा ओली र नेपाल पक्षबीच छलफल सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०७७, सोमबार

काठमाडौं, २ चैत – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भरखरै केन्द्रिय कार्यालय धुम्बाराही प्रवेश गरेका छन् । वार्ताका लागि झलनाथ खनाल र माधव नेपाल बालुवाटार जान नमानेपछि प्रधानमन्त्री केपी ओलि पार्टी कार्यालयमा नै आएका हुन् । नेकपा एमालेको माधव समूह धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा यस अगाडि नै प्रवेश गरेको थियो । तीन महिनायता नेताहरुले धुम्बाराही कार्यालयमा पहिलो पाइला टेकेका हुन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच छलफल शुरु भएको छ । छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रघुजी पन्त सहभागी छन् । चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो।
पार्टी कार्यालय वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ चैतमा संसद विघटन गरेकी थिइन् । त्यसले तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा अनौपचारिक विभाजन ल्यायो र दुई समूह अलगअलग भए ।

विभाजनसँगै आ-आफ्नो लिगेसीअनुसार नेकपाको धुम्बाराही कार्यालय ओली पक्षले र पेरिसडाँडा कार्यालय प्रचण्ड-माधव पक्षले प्रयोग गर्दै आएको थियो । त्यसयता ओली समूहका नेता पेरिसडाँडा पुगेका छैनन् भने माधव नेपाल समूह धुम्बराही धाएको थिएन ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्यूँताइदिएपछि फेरि ओली-नेपाल-खनाल एउटै पार्टीमा आइपुगेका छन् । एमाले अध्यक्ष ओली हुन् भने नेपाल-खनाल वरिष्ठ नेता छन् । फेरि फुटतर्फ अग्रसर भएको एमालेलाई आजको बैठकले एकतातर्फ मोड्ने अपेक्षा नेता-कार्यकर्ताले लिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->