शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

माधवसँग टर्रो सम्वाद, प्रचण्डलाई फोन

माधवसँग टर्रो सम्वाद, प्रचण्डलाई फोन


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०७७, सोमबार

काठमाडौं, २ चैत– सोमबार एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग टर्रो छलफल गरेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । माधवसँगको छलफल मिठो सम्बादबाट सुरु भएर टर्रोमा परिणत भएपछि ओलीले प्रचण्डलाई फोन गरेका हुन् ।
माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले सोमबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ । तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ । माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->