शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

‘प्रधानमन्त्रीजी, अनुयायी खटाउनै पर्दैन, भेलामा प्रमुख आतिथ्यता तपाईंले नै गर्नुहोस्’

‘प्रधानमन्त्रीजी, अनुयायी खटाउनै पर्दैन, भेलामा प्रमुख आतिथ्यता तपाईंले नै गर्नुहोस्’

आफैं गलत आधारमा खडा भएको अध्यक्षले अरुलाई कारबाही गर्छु भन्न सुहाउने कुरा भएन: पाण्डे


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७७, मंगलबार

काठमाडौं, ३ चैत – नेकपा (एमाले)का सचिव तथा प्रचार प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि भएर भोलिको कार्यक्रमको उद्घटन गर्न आग्रह गरेका छन्। चैत ४ र ५ गतेका लागि आयोजना गरिएको राष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीलाई भेला उनको पनि भएको भन्दै त्यसमा सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरेका हुन्।

‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपfईंकै हो। बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’ उनले देशभरिबाट आएका तपाईंकै कार्यकर्ता भएको स्मरण गराउँदै आवेग र उत्तेजनामा नआउन आग्रह गरे।

राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभिन्न निर्णय गरेको भन्दै उनी नै कारबाहीको भागी हुनुपर्ने बताए । अदालतले एमालेलाई ब्युँताइदियो, ब्युँतिएको एमाले पूर्ववत रुपमा जहाँबाट ब्युँतियो त्यहीँबाट आरम्भ गर्नुपर्ने हो, त्यसभन्दा अन्य गतिविधि गर्नु पार्टीको विधान विपरीत काम कारबाही हो’ उनले भने ‘त्यो स्वयं नै कामकारबाहीहरु कारबाही योग्य छ । जब आफैं गलत आधारमा खडा भएको अध्यक्षले अरुलाई कारबाही गर्छु भन्न सुहाउने कुरा भएन ।’

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा ओलीले पार्टीमा अचाक्ली भाँडभैलो गरेको भन्दै सह्य नहुने बताएका थिए । तर माधव नेपाल समूहका नेता पाण्डेले विधान विपरीत काम गर्ने अध्यक्षचाहिँ कारबाहीको भागीदार हुन्छ कि हुँदैन भनी प्रश्न गरे । ‘पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष पनि कारबाहीको भागी हुने हो कि होइन अध्यक्षचाहिँ त्यसबाट मुक्त हुन्छ, अरु कारबाहीको भागी हुन्छन् भन्ने हुँदैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->