शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कांग्रेस नेता जोशीको अवस्था गम्भीर : नर्भिक अस्पताल

कांग्रेस नेता जोशीको अवस्था गम्भीर : नर्भिक अस्पताल


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७७, बुधबार

काठमाडौं, ४ चैत – मस्तिस्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले आज बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्था गम्भीर रहेको बताइएको छ । फागुन १४ गते भर्ना भएका जोशीको स्वास्थ्य केही दिनपछि सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको र पुनः विग्रिएपछि भेन्टिलेटरमै राखिएको थियो ।जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->