बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्यक्षेत्रमा काम गर्ने ४ जनालाई पौडेल चिकित्सा पुरस्कार

स्वास्थ्यक्षेत्रमा काम गर्ने ४ जनालाई पौडेल चिकित्सा पुरस्कार


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७७, बिहिबार

बागलुङ, ५ चैत – डा. तरुण पौडेल चिकित्सा कोषले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार व्यक्तिलाई पुरस्कृत गरेको छ ।
धौलागिरी अञ्चल अस्पतालका प्रमुख भएर १६ वर्ष बिताएका डा.तरुण पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप प्रोत्साहित गर्ने अभिप्रायले स्थापना गरेको कोषबाट यसबर्ष तीन स्वास्थ्यकर्मीलाई पुरस्कार र एकजनालाई सम्मान गरिएको छ । कोषले बुधबार बागलुङमा एक समारोहको आयोजना गरी पुरस्कार र सम्मान सहित सौगात नामक पत्रिका बिमोचन गरेको हो ।
धौलागिरी अस्पताल बागलुङमा बरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट रही अनवरतरुपमा १६ बर्ष सेवा प्रवाह गर्नुभएका डा. पौडेलले स्थापना गरेको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्व कार्यरत डा. प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनदेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गरिएको हो ।
यस्तै, डा. तरुण पौडेल चिकित्सा सम्मानबाट धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानालाई सम्मान गरिएको छ । रानालाई कोरोनाले निम्त्याएको असहज परिस्थीतिमा प्रभावकारी भुमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको कोषका अध्यक्ष काजिरोशनले जानकारी दिए । पुरस्कृत र सम्मानित सबैलाई जनहि रु. १५÷१५ हजार नगद सहित दोसल्ला र प्रशंसा एबं सम्मान पत्रद्धारा सम्मान गरिएको छ । सम्मानित सबैलाई कोषका संस्थापक संरक्षक डा. तरुण पौडेल, अध्यक्ष काजिरोषन र प्रमुख जिल्ला अधिकारी शिब कुमार कार्कीले सम्मान गरे । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कार्कीले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्नका लागि तरुण पौडेल चिकित्सा कोष महत्वपुर्ण रहेको बताए । कार्कीले स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा ईमान्दार र जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीको सम्मानका लागि डा. पौडेलले खडा गरेको कोषले उल्लेखनिय भुमिका निर्वाह गरेको छ भने ।
कार्यक्रममा कोषका संस्थापक संरक्षक डा. तरुण पौडेल, धौलागिरी अस्पताल बिकास समितीका अध्यक्ष एबं सम्मानित ब्याक्तित्व केबी राना मगर, पुरस्कृत ब्याक्तित्व डा. प्रदिप श्रेष्ठ, खड्कबिर थापा, मनदेबी गौतमले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सम्मानित चारैजनाको ब्याक्तित्व बारे कोषका सदस्य शकुन्तला शर्माले बताइन ।
कार्यक्रममा डा. तरुण पौडेल चिकित्सा कोषबाट प्रकाशित सौगात नामक मुखपत्र समेत सार्वजनिक गरिएको थियो । प्रकाशित कृति बारे शिक्षाबिद जगन्नाथ आचार्यले प्रकाश पार्नुभएको थियो । धौलागिरी अस्पतालमा समेत लामो समय प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा कार्यरत ड.ा पौडेलले विसं २०७० मा कोषको स्थापना गरेका हुन् । यस कोषबाट हाल सम्म ३० जना स्वास्थ्यकर्मी सम्मानित भईसकेका छन् । कोषबाट हरेक वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको छ । कार्यक्रम डा. तरुण पौडेल चिकित्सा कोषका अध्यक्ष काजिरोशनको अध्यक्षता, सदस्य देब बहादुर श्रेष्ठको स्वागत मन्तब्य र सदस्य राम प्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->