शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकी प्रदेशको निमित्त प्रमुख सचिवमा रामचन्द्र ढकाल

गण्डकी प्रदेशको निमित्त प्रमुख सचिवमा रामचन्द्र ढकाल


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ५ २०७७, बिहिबार

पोखरा, ५ चैत– गण्डकी प्रदेशको निमित्त प्रमुख सचिवको पदको जिम्मेवारी रामचन्द्र ढकालले निमित्त पाएका छन् । प्रमुख सचिवको जिम्मेवारीमा रहेका विष्णुप्रसाद नेपालले सोमबारदेखि अनिवार्य अवकाश पाएपछि पद रिक्त भएको हो । उनले उमेर हदका कारण नेपालले अवकाश पाएका थिए ।
ढकालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक तथा प्रशासन महाशाखाको जिम्मेवारी सम्हालिरहेका छन् । मन्त्रालयमा प्रशासकीय सुधार तथा समन्वय महाशाखाको जिम्मेवारी सम्हालेका अर्का सचिव इन्दु घिमिरे भए पनि वरिष्ठताका आधारमा ढकालले निमित्त प्रमुख सचिवको जिम्मेवारी पाएका हुन् ।
अवकाश पाएका नेपाललाई ९ महिनाअघिमात्रै मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको थियो । तत्कालीन शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अनिवार्य अवकाश लिएसँगै रिक्त रहेको सचिव पदमा उनको बढुवा भएको थियो । बढुवा गर्दा लोक सेवा आयोगका अध्यक्ष नेतृत्वमा रहेको बढुवा समितिले सहसचिव गोकर्णमणि दुवाडी, डा. मान बहादुर विके र विष्णु नेपालको नाम सिफारिस गरेको थियो । नेपालपछि विके र दुवाडी पनि सचिवमा बढुवा भइसकेका छन् ।
सचिवको पद रिक्त भएको चौथो दिन लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक बस्न लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार कार्य क्षमताका आधारमा रिक्त रहेको सचिवमा बढुवाका लागि सह–सचिव दामोदर रेग्मी, डा.मुकुन्द प्रसाद पौडेल र गणेश प्रसाद पाण्डेको नाम सिफारिस हुने जनाइएको छ ।
रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, पौडेल राष्ट्रिय सूचना आयोगमा र पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->