बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बहिनी बलत्कार अभियोगमा आफ्नै दाजु पक्राउ

बहिनी बलत्कार अभियोगमा आफ्नै दाजु पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

तनहुँ, ६ चैत– तनहुँमा आफ्नै बहिनीलाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–९ का २७ बर्षीय युवकलाई हाडनाता करणी अभियोगमा तनहुँ प्रहरीले विहीबार पक्राउ गरेको हो ।
१४ बर्षीया बहिनीलाई बलत्कार अभियोगमा ईलाका प्रहरी कार्यालय बेलचौताराले ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । पिडित बालिकालाई पछिल्लो पटक गत आईतबार बलत्कार गरेको प्रहरी स्रोतले बताएको छ । ‘विगतमा पनि पटक–पटक बलत्कार भएको रैछ । स्थानिय र परिवारले खबर गरेपछि पक्राउ गरिएको छ । बालिकाको स्वास्थ्य परीक्षण लगायत अनुसन्धान प्रकृया सुरु भएको छ’, स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->