बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्षत्री समाज म्याग्दीको अध्यक्षमा केसी

क्षत्री समाज म्याग्दीको अध्यक्षमा केसी


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ९ २०७७, सोमबार

बेनी, ९ चैत्र – क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १५औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट लक्ष्मी केसी कार्कीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न समाजको पाँचौं अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णसिङ बानियाँ, उपाध्यक्ष देवेन्द्र घिमिरे, महिला उपाध्यक्ष कमला खत्री जिसी, सचिवमा हिमबहादुर भण्डारी, कोषाध्यक्षमा यामबहादुर बानियाँ, सहसचिवमा धनदेवी भण्डारी र सहकोषाध्यक्षमा भावना पौडेल क्षत्री निर्वाचित भएका छन् ।

अधिवेशनको क्षत्री समाज नेपालका केन्द्रीय महासचिव केशबहादुर केसीले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको अवसरमा जिल्लास्थित सामाजिक संघसंस्थाको नेतृत्वसहित विभिन्न तहमा पुगेका तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका क्षत्रीहरुलाई सम्मान समेत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->