पोखरा, १० चैत – कास्की प्रहरीले सोमबार मातहतका प्रहरीहरुको लागि एकदिने स्वास्थ्य शिविर आयोजना ग¥यो । ‘अ न्यू बिट टु वाल्क’ कार्यक्रमअन्तर्गत भएको शिविरमा ज्वरो, रुघाखोकी, ब्लड प्रेसर, सुगर, कोलस्ट्रोल, थाइराइड तथा छालासम्बन्धी रोगहरू परीक्षण गरिएको थियो ।
जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान र विपद व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यमा अनवरत खटिने प्रहरी कर्मचारीहरु सामान्य रोगहरू समेत बेवास्ता गरी कार्यक्षेत्रमा खटिँदा त्यसले व्यक्ति र समाजलाई नै असर गर्ने भएकोले शिविर आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।





