बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रधानमन्त्रीले विद्यार्थीलाई सोधे, ‘पढाई कस्तो छ ?’

प्रधानमन्त्रीले विद्यार्थीलाई सोधे, ‘पढाई कस्तो छ ?’


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १२ २०७७, बिहिबार

तनहुँ, १२ चैत –बुधबार १२ बजेपछि यहाँको खैरेनी माध्यमिक विद्यालय खैरेनीटारका विद्यार्थी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भर्चुअल साक्षत्कारको प्रतिक्षामा थिए । १२ बजेर २८ मिनेट गएपछि जुममार्फत विद्यार्थीको प्रधानमन्त्री ओलीसँग साक्षत्कार भयो ।
कक्षाको भित्तामा टाँसिएको स्मार्ट बोर्डमा प्रधानमन्त्री ओली झुल्किए । प्रधानमन्त्रीलाई देखेपछि विद्यार्थीले एकै स्वरमा नमस्कार गरे । ‘सन्चै हुनुहुन्छ’ भनेर प्रधानमन्त्रीलाई सोधे ।
उताबाट प्रधानमन्त्रीले प्रश्न गर्न थाले, ‘पढाई कस्तो छ ?’ विद्यार्थीले जवाफ फर्काए ‘एकदमै ठीक छ सर ।’ प्रधानमन्त्रीले फेरि सोधे, ‘राम्रो पढीराख्या छौ? विद्यार्थीको जवाफ थियो, ‘यस सर ।’ केहीबेर रोकिएर प्रधानमन्त्रीले भने, ‘राम्रो पढ्नू……सुनिन्छ ?’ त्यसपछि प्रधानमन्त्री ओलीतिरका एकजनाले केही बिफ्रिङ गरे ।
करिब पाँच मिनेट प्रधानमन्त्री ओली र खैरेनी मावीका विद्यार्थीबीच कुराकानी भएको विद्यालयका प्रधानध्यापक केशवराज घिमिरेले बताए । ‘प्रधानमन्त्रीले कोभिडको बेला अनलाइनमा भएको पढाई बुझ्नुभाथ्यो भनेर सोध्नुभयो । हामी डिजिटल रुपमा सिक्न पाउदा खुशी छौँ । हामीले जुन फ्युज क्लास रुमको प्लेटफर्म पायौँ, त्यो धेरै महत्वपुर्ण रहेछ भनेर विद्यार्थीले सामुहिक रुपमा सुनाए’, प्रअ घिमिरेले भने । यो साक्षात्कारका लागी प्रधानमन्त्रीको कार्यालयबाट मंगलबार नै सम्पर्क भएको थियो ।
प्रधानमन्त्रीसँगको कुराकानीमा कक्षा १० मा अध्ययनरत ४२ जना विद्यार्थीसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर थापा र अन्य पाँचजना शिक्षक सहभागि थिए । प्रधानमन्त्रीसँग कुराकानी गर्न पाउँदा विद्यार्थी दंग परे ।
२०४१ सालमा स्थापनमा गरिएको खैरेनी मावीले कक्षा १२ सम्म पढाउने गर्दछ । यो शैक्षिक शत्रमा एक हजार एक सय ८७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कोरोना संक्रमण फैलिरहेको बेला यो विद्यालयले भर्चुअल माध्यमबाट निरन्तर विद्यार्थी पढाइरहेको थियो । प्रविधिको पहुँचमा नभएका विद्यार्थीका लागि भने टोल–टोलमा पुगेर सिकाई सहजीकरण गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->